२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भूमा ‘सागा धावा’ पर्व सुरु (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बौद्धधर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिक पर्व सागा धावा पर्व सुरु भएको छ । आजबाट सुरु भएको पर्व १५ दिन सम्म चल्ने छ । यो पर्व चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ ।

यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने , दीन दुखी लाई दान गर्ने गरिन्छ ।

सागा भनेको आकाशका तारामध्ये एउटा प्रमुख ताराको नाम हो । यो तारा प्रमुख ताराको रुपमा भोलिदेखि झुल्किने गर्दछ । धावा भनेको महिनाको नाम हो । त्यसैले यो महिनालाई सागा धावा भनिन्छ ।

यो महिनामा सबै गुम्बाहरुमा ठूलाठूला पुजापाठ, साधना, अभिषेक (वाङ) मौनव्रत (ङ्युङने) जस्ता धार्मिक कार्यक्रमहरु हुने गर्दछन् । यो विशेषगरी स्वदेश तथा विदेशमा रहेका बौद्ध गुम्बाहरुले आयोजना गर्ने गर्छन् । यो महिनामा हामीले जति धर्म, पुण्य र पाप कर्म गर्छौँ त्यसको सय गुना धर्म र पापको फल प्राप्त हुने बौद्ध धर्मका धर्मशास्त्रमा उल्लेख गरेको छ ।

त्यसैले यो एक महिना सकेसम्म राम्रो कर्म गरी पुण्य कमाउन र पाप कर्म नगर्न यो पर्वले विशेष आग्रह गर्दछ । प्रत्येक मानवले रक्सी, जाँड, मदमदिरा, माछा, मासु, चुरोट, सुर्तीको सेवन त्याग्न सकेमा अति उत्तम हुने बताइएको छ।

यो महिनामा पुण्य गरे धेरै ठूलो पुण्य र पाप गरे ज्यादै ठुलो पाप कर्म भोग्नु पर्ने बौद्ध धर्मशास्त्रमा उल्लेख छ । विशेषगरी यो महिनाको अष्टमी, दशमी, पूर्णिमाको २५ औँ तिथि दशमी र औँसीको दिनमा सोज्योङ व्रत बस्न सके जो कोहीले अधिक पुण्य प्राप्त गर्ने बौद्ध धर्मका ग्रन्थहरुमा उल्लेख छ ।

यो एक महिना भुटान, सिक्किम र तिब्बतमा काटमार गर्ने र माछा, मासु बेच्ने सबै कार्य बन्द हुने गर्दछ ।

यस अवधिमा प्राण हत्या, चोरी, व्यभिचार, झुटो बोल्ने, फजुल गफ जस्ता १० अकुशल कार्य पालना गर्न सके अपार पुण्य प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ।

तथागत बुद्धको आशिर्वाद, सम्पूर्ण प्राणी जगत्को भलाइ, चिर सुख, शान्ति, समृद्धि, निरोगी, दीर्घायु तथा क्रमश: आफूले चिताएबमोजिम सम्पूर्ण कार्य पूरा हुँदै आउने शास्त्रमा उल्लेख छ ।