१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगर प्रहरी प्रमुख पाण्डेले प्रशासकीय अधिकृतसमक्ष स्पष्टीकरण बुझाए



अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरण बुझाएका छन्।

गत चैत २१ गते गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा जेठ ६ गते पाण्डेसँग स्पष्टीकरण मागिएको थियो। प्रमुख प्रशासकीय अधिकृत निकट स्रोतका अनुसार, सातबुँदे स्पष्टीकरणमध्ये पाण्डेले ६ बुँदामा मेयर बालेन शाहको आदेशअनुसार काम गरेको र बाँकी एक बुँदामा गाडीको सुरक्षाका लागि ह्वील लक गरिएको उल्लेख गरेका छन्।

गुरागाईंले पनि स्पष्टीकरण प्राप्त भएको पुष्टि गर्दै कानुन व्यवसायीसँग सल्लाहपछि आवश्यक निर्णय लिने बताएका छन्। उक्त दिन उपमेयर सुनिता डंगोलले पनि पाण्डेसँग जवाफ माग्दा उनले मेयरको मौखिक आदेशको पालना गरेको बताएका थिए।