११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह लक्षित ओलीको टिप्पणीः हजुरबाउ नभए नाती त पक्कै भन्दै तमासा देखाउँछन्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाउनुभएको टिप्पणी गर्नुभएको छ ।

सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने उहाँको भनाइ छ । उहाँले ज्योतिषीहरु पात्रो पल्टाएर हजुरबुबा नभए नाती त पक्कै राजा हुन्छ भन्दै हिँड्ने गरेको बताउनु भयो । उहाँले राजतन्त्र समर्थकहरु राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्कोथरी फेरि चाहिने नचाहिने कुरा गरेर अब कोही ज्योतिषी अब यसो पल्टाएर हुन्छ, हुन्छ भन्यो । अर्को निस्किन्छ, अर्को पात्रो पल्टाउँछ, हजुरबाउ भएन भने नाती त पक्कै भन्छ फेरि । त्यसो भए हिँड भाई हो सडकमा भन्छ अर्काले । यो खालको तमासा पनि त्यसै दिन आइहाल्यो ।’

जेठ १५ गते राजावादीहरुले राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्दैछन् । जसलाई लिएर प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।