काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् ।
सोमबार पार्टी समायोजनमार्फत् नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।
९ असोज २०७२ मा माओवादी छाड्दा पोलिटव्युरो सदस्य रहेका श्रेष्ठले फर्किदा केन्द्रीय सचिव पद पाएका छन् ।
उनीसँगै माओवादीमा फर्किएका अरु नेताहरुको भने पदीय हैसियत टुंग्याउन बाँकी छ ।










