४ भाद्र २०८३, बिहीबार
,
Latest
दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालय बनाउन ललित तामाङद्वारा नि: शुल्क जग्गादान



अ+ अ-

भोजपुर । भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ । वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक रु ३४ लाख लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।

भवन निर्माणको लागि स्थानीयवासी ललित तामाङले नि:शुल्क एक रोपनी जग्गा प्रदान गर्नुभएको थियो । “आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेका छौँ” वडाध्यक्ष तामाङले भन्नुभयो,“यहाँ कार्यालय सञ्चालनको लागि भवन नहुँदा धेरै समस्या थिए । नगरपालिकामा एक वटा कोठाबाट लामो समयसम्म सेवा प्रवाह गरियो । अहिले आफ्नै कार्यालय भवन हुँदा सेवा प्रवाहमा सहजता भएको छ ।”

आफ्नै वडामा कार्यालय भवन निर्माण भएर सेवा प्रवाह भएपछि सहजता भएको स्थानीयवासी धनबहादुर तामाङले बताउनुभयो ।“वडामा नै कार्यालय नहुँदा हामीलाई वडाको सेवा लिन समस्या थियो” उहाँले भन्नुभयो,“माथिल्लो क्षेत्रका नागरिक सेवा लिन सदरमुकामसम्म जान धेरै समय लाग्यो । अहिले वडाबाट सेवा शुरु भएपछि हामीलाई सहजता छ ।”

वडाको सेवा सवैलाई सहज हुने तथा पायक पर्ने स्थानबाट सेवा प्रवाह भएपछि स्थानीयबासी खुसी भएका छन् । वडा भवन नहुँदा माथिल्लो भेगका नागरिकलाई एकदेखी डेढ घण्टा धाएर सेवा लिनु पर्ने अवस्था थियो । रासस




भर्खरै