१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोक्कालाई युवा स्वरोजगार कोषको उपाध्यक्षकै रुपमा कामकाज गर्न दिन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोक्का (देवराज) लाई हटाउने सरकारको निर्णयमा रोक लगाएको छ । 

सर्वोच्चले रोक्कालाई हटाउने निर्णय कार्यन्वयन नगर्न यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले अर्को फैसला नभएसम्म उनलाई पदमा यथावत काम गर्न दिन सरकारको नाममा आदेश जारी गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । 

यस्तै, रोक्कालाई युवा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमै काम गर्न दिन भन्दै अदालतले उनलाई अन्यत्र काज सरुवा नगर्न समेत आदेश दिएको छ ।

रोक्का अल्पकालनी अन्तरिम आदेशबाट पुनर्वहाली भएपछि उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रालयमा काज सरुवा गरेका थिए । 

तत्कालीन केपी ओली सरकारले रोक्कालाई चार वर्षका लागि नियुक्त गरेको थियो ।