१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोक्कालाई युवा स्वरोजगार कोषको उपाध्यक्षकै रुपमा कामकाज गर्न दिन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोक्का (देवराज) लाई हटाउने सरकारको निर्णयमा रोक लगाएको छ । 

सर्वोच्चले रोक्कालाई हटाउने निर्णय कार्यन्वयन नगर्न यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले अर्को फैसला नभएसम्म उनलाई पदमा यथावत काम गर्न दिन सरकारको नाममा आदेश जारी गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । 

यस्तै, रोक्कालाई युवा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमै काम गर्न दिन भन्दै अदालतले उनलाई अन्यत्र काज सरुवा नगर्न समेत आदेश दिएको छ ।

रोक्का अल्पकालनी अन्तरिम आदेशबाट पुनर्वहाली भएपछि उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रालयमा काज सरुवा गरेका थिए । 

तत्कालीन केपी ओली सरकारले रोक्कालाई चार वर्षका लागि नियुक्त गरेको थियो ।