११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो



अ+ अ-

एजेन्सी । भारतले आधिकारिक रूपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ ।

नीति आयोगका सीईओ बीभीआर सुब्रह्मण्यमले पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । भारतले आफ्नो आर्थिक नीतिका कारण यो उपलब्धि हासिल गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्याङ्क उद्धृत गर्दै सुब्रह्मण्यमले भने, ‘हामी चौथो ठूलो अर्थतन्त्र हौं। हामी ४ ट्रिलियन डलरको अर्थतन्त्र हौं । आज भारत जापानभन्दा ठूलो छ । अब अमेरिका, चीन र जर्मनी मात्र भारतभन्दा ठूला छन् ।’

आईएमएफको अप्रिल २०२५ को विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन अनुसार, भारतको जिडीपी (४.१८७) ट्रिलियन पुग्ने अनुमान गरिएको छ, जुन जापानको (४.१८६) ट्रिलियनको अनुमानित जिडीपी भन्दा अलि बढी हो ।

भारतको यो उपलब्धि बलियो घरेलु माग, अनुकूल जनसांख्यिकीय प्रवृत्ति र नीतिगत सुधारका कारण हो । भारतको अर्थतन्त्रले वार्षिक ६.७ प्रतिशतको वृद्धि दर कायम राखेको छ, जबकि जापानको अर्थतन्त्र विश्वव्यापी व्यापार तनाव र नीतिगत परिवर्तनका कारण प्रभावित भएको छ ।