१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग



अ+ अ-

लण्डन । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले  मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो । प्रहरीका अनुसार शिशुको टाउकामा  गम्भीर चोट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो । 
अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले आज समय तोकेको छ । दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमाने बताए । न्यायाधीशले उहाँलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुन तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् ।