११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको छ ।

शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले भ्रष्टाचारको विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउनु भएको हो । उहाँले विगतमा समेत भ्रष्टाचारको विषय उठेका केही मन्त्रीहरुले राजीनामा दिएर अनुसन्धानमा सघाएको उल्लेख गर्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न मन्त्री लेखकलाई सुझाव दिनुभयो । उहाँले अध्यागमनको भिजिट भिसा प्रकरणमा संलग्नता भएको विषय उठिसकेपछि आफूलाई सही सावित गर्न पनि छानविन हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कुनै नौलो कुरा होइन । यदि त्यसो हो भने मोरल ग्राउण्डमा पनि उहाँले ल म छोडिदिन्छु छानविन गर भनेर भने हुन्छ । सामान्य कुरा हो यो त । राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि । इस्यु आएको छ । उहाँको संलग्नता नहोला तर इस्यु आइसकेपछि आफू क्लिन छु भनेर देखाउनको लागि पनि छानबिन हुन जरुरी छ ।’ 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय समेत जोडिएको छ । यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।