४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको रिटमा आदेश आउदैं, सर्वोच्च परिसरमा समर्थकको भिड



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले सरकारी प्रकरणमा थुनामा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दे दायर निवेदनमा बहस सकेर आदेश सुनाउने तयारी गरेको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आजै आदेश सुनाउने तयारी गरेको हो।

आदेश आउने भएपछि यतिबेला सर्वोच्च परिसरबाहिर सञ्चारकर्मी, लामिछानेका शुभचिन्तक, रास्वपाका नेता कार्यकर्ताको भीड लागेको छ। त्यस्तै सर्वोच्च गेटमा बाक्लो संख्यामा प्रहरी पनि परिचालन गरिएको छ।