२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा गएको पहिरोका बारेमा सरकार बेखबर भएको टिप्पणी गर्दै सो पहिरोबाट विस्थापित भएका नागरिकको यथाशीघ्र सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गर्नुभएको छ ।

बैठकको विशेष समयमा उहाँले पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा हिमपहिरोले सिङ्गो बस्ती जोखिममा छ, १८ परिवार घर छाडेर पालमुनि बसेका छन्, सरकार अहिलेसम्म पुगेको छैन । सरकारको उपस्थिति र राहत प्राप्त गर्नलाई काठमाडौँमै बाढीपहिरो आउनुपर्ने हो?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद चन्दले विपद् व्यवस्थापनको कार्यक्रम, पूर्वतयारी तथा बजेटलगायत बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले समयमै विपद् पूर्वतयारीमा ध्यान दिन सुझाव दिनुभयो ।

सांसद भगवती न्यौपानेले यही जेठ पहिलो साता राजधानीमा आयोजित सगरमाथा संवादबाट नेपालले अन्तरराष्ट्रियस्तरमा आफ्नो छवि उँचो बनाएको जनाउँदै आगामी दिनमा पनि यसखालका संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद पूजा चौधरीले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन उचित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हुलाकी राजमार्गमा अलपत्र परेको पुलको निर्माण र बाढी पहिरोले क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण गर्न सुझाव दिनुभयो ।

सांसद गङ्गाकुमारी बेल्वासेले राष्ट्रिय अर्थतन्त्रको सबलीकरणका लागि कृषि र पर्यटना उच्च प्राथमिकता दिन आग्रह गर्दै गाँजा खेतीलाई प्रवर्द्धन गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य, शिक्षालगायत मौलिक हकको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।