२७ जेष्ठ २०८३, बुधबार
,
Latest
करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरोः सांसद बाँस्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताउनुभएको छ ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताउनु भयो । उहाँले प्रतिवेदन बनाउन धेरै मेहनत भएपनि कहै अपूरो रहेको बताउनु भयो । उहाँले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताउनु भयो । अझै राम्रोसँग अध्ययन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने यो प्रतिवेदनको विषयमा मेहनत भएको छ । तर त्यसको केही चिजहरुमा मेरो अलिकति पुगेन भन्ने छ । हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन । यो विषयमा छानविन हुनुपर्छ । तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरु संयोजकज्युले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरुले सोध्नुभएको थियो । यसमा सबै छ तर केही पनि छैन । त्यो पनि भनेको हो । अर्थात यो अपूरो छ । अझै राम्रोसँग जानुपर्ने जरुरी छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे थप अध्ययन जरुरी रहेको बताउनु भयो ।