२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झेँदी पुल निर्माण सम्पन्न



अ+ अ-

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ ।

स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो ।

सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । पक्की बनाउन नसकिने स्थानमा यस्ता निर्माण गरिने उहाँले बताउनुभयो ।

यो पुल २०७६/ २०७७ साल वैशाखमा दुईपटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।