९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज भानु जयन्ती: शंकर अर्यालको कविता



अ+ अ-

भानुभक्त रामभक्त
नेपालका आदिकवि
हजुरले लाउनु भो गुन
रामायण कथा रची ।।

नेपालीभाषा रोज्नुभो
रामायण लेख्नलाई
नेपाली जनले गाउन्
श्रीरामगाथा भन्नलाई ।।

अत्यन्त सुन्दर काव्य
रामायण भानुभक्तको
छन्दालंकार र भाव
त्रिशूली सरि बगेको ।।

अनवरत गरी श्रम
भानुले काव्य लेख्नुभो
नेपाली राष्ट्र भाषालाई
सुन्दर साहित्य दिनुभो ।।

घाँसीबाट लिई अर्ती
रामायण बनाउनुभो
घर घरमा रामको कीर्ति
मर्यादा ज्ञान दिनुभो ।।

तनहुँ जिल्ला चुँदी रम्घा
ग्राम आचार्य कूलमा
पितामह श्रीकृष्ण र
धनञ्जय पिता घरमा ।।

जन्मिनु भो भानुभक्त
कूल उज्वल पार्नुभो
रची रामायण काव्य
देश भाषा समृद्ध भो ।।

रामायणमहाकाव्य
रच्नुका साथ भाषाका
अन्यकृति भक्तमाला 
प्रश्नोत्तरी आदिका  ।।

साथै अर्को वधुशिक्षा
अरु फुटकर कविता
धेरै छन् भानुभक्तका
भाषा साहित्यका मीठा ।।

जीवनभरै गरी सेवा
नेपाल राष्ट्र र भाषाको
अक्षुण्ण कीर्ति राख्नुभो
सारा नेपाली जातिको ।।