३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको दुई गोलमा बराबरीमा युभेन्ट्स



अ+ अ-

मिलान । इटालीको सिरी एमा युभेन्ट्सले शनिबार एटलान्टासँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ । युभेन्ट्सका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गरे ।

युभेन्ट्स दुईपल्ट पछाडि रहेर पनि खेलमा फर्केको हो । युभेन्ट्स ७६ अंकमा शीर्ष स्थानमा छ भने तेस्रो स्थानमा रहेको एटलान्टाको ६७ अंक भएको छ । यो दोस्रो स्थानको लाजियोसँग एक अंकको मात्र दूरी हो ।

लाजियो अर्को खेलमा ससुलोसँग २–१ ले पराजित रह्यो । अर्को रोमन क्लब रोमाले भने ब्रेसियालाई सजिलै ३–० ले पराजित गर्न सफल रह्यो । रोमा ५४ अंकमा पाँचौं स्थानमा छ ।