६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद



अ+ अ-

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड ६१ लाख मूल्य बराबरको कृषि औँजार प्रहरीले बरामद गरेको छ

। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति विर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रुपमा सामान भित्र्याइएको फेला पारेको निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको थियो ।

ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार रहेको थियो । बरामद अवैध सामान र कन्टेनरलाई आज आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि पछिल्ला दिन निगरानी बढाएको छ ।