काठमाडौँ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक साँझ ६ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ ।
सरकारले गत बुधबार अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे पनि रहेका छन् ।
मन्त्रिपरिषद् बैठक अघि समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने बताईएको छ ।
समितिले सिफारिस गरेका तीन जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।










