२४ जेष्ठ २०८३, आईतवार
,
Latest
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा उपाधि रियल म्याड्रिडलाई ?



अ+ अ-

ग्रेनेडा । रियल म्याड्रिडले सोमबार ग्रेनेडालाई २–१ ले हराउँदै यस सिजनमा लगातार नवौं जित हात पारेको छ । यो जितसँगै रियल उपाधिको अझ नजिक पुगेको छ ।

जिनेदिन जिदानको रियल शीर्ष स्थानमा रहँदा बार्सिलोनामाथि चार अंकको अग्रता बनाएको छ । ३६ खेलबाट ८३ अंकसहित रियल शीर्ष स्थानमा रहँदा समान खेलबाट बार्सिलोना ७९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अब रियलले बिहीबार भिल्लारियललाई घरमा हराएमा लिग जित्न सक्ने छ । अथवा लिगको अन्तिम दिन लेगानेसविरुद्धको खेलसम्म कुर्नु पर्नेछ । ग्रेनेडामाथि फरल्यान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे । दोस्रो हाफमा ड्रफिन माचिसले एक गोल फर्काए ।

सोमबार अन्य खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले हरायो भने एलाभेस र गेटाफेले गोलरहित बराबरी खेले ।