३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग छनोट नजिक ‘चेल्सी’



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिग छनोटको होडमा रहेको चेल्सीले मंगलबार तेस्रो स्थानमा लेस्टर र म्यानचेस्टर युनाइटेमाथि चार अंकको अग्रता बनाएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले यसका लागि रेलिगेसनमा परिसकेको नर्विचलाई १–० ले हरायो ।

ओलिभर जिरोडले पहिलो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे र चेल्सी निर्णायक सावित हुन सक्ने तीन अंक बटुल्न सफल रह्यो । अब फ्रायन्क लाम्पार्डको चेल्सीले आफ्नो अन्तिम दुई खेलमा लिभरपुल र उल्भ्सको सामना गर्नेछ ।

लेस्टरले बुधबार सेफिल्ड युनाइटेड र म्यानचेस्टरले बिहीबार क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ । चेल्सी यसअघिको खेलमा सेफिल्डसँग पराजित भएर दबाबमा आएको थियो ।