७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’का प्रमुखको भेट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेसन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा १२६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ । भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम–चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन–भिडियो प्रस्तुत गरिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताउनुभयो ।

कर्पोरेसनका प्रतिनिधिले यसअधि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग गरेको भेटेर रेलवे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाइ अध्ययन गर्ने विषयमा समझदारी गरेको थियो ।