१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा



अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाको विश्वसनियता बढाउने गरी काम गर्न बीमा कम्पनीहरुसँग आग्रह गर्नुभएको छ ।

बुधवार काठमाडौंमा नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानुपर्ने बताउनु भयो । उहाँले सुधार नियमित प्रक्रिया भएकाले अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको बीमाको विश्वसनियता बढाउनु रहेको उल्लेख गर्नुभयो । उहाँले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा आएका गुनासोहरुको सम्बोधन गर्दै जानुपर्ने बताउनु भयो । उहाँले बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेको भन्दै यसले बीमाको क्षेत्रमा विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्ने बताउनु भयो । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी बीमाको विश्वसनियता बढाउने गरी काम गर्न तायर छौँ । आजका दिनमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानेछौँ । सुधार नियमित प्रक्रिया हो । हाम्रो अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको विश्वसनियता बढाउने नै हो । हामीले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा जे जस्तो गुनासोहरु आउने गर्दछन् । त्यसलाई हामीले क्रमशः घटाउँदै जानुपर्ने छ । शुन्यमा पु¥याउनुपर्नेछ । बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेका छन् । त्यसले हाम्रो विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्छ । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक छ ।’

अध्यक्ष ओझाले एक वर्षको बीमाको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनियतामा हुनुपर्ने बताउनु भयो । –