२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र आर्सनलले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु टोलि लिभरपुलले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो । तर, आर्सनलले दोस्रो हाफमा दुई गोल फर्कायो ।

२० औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । त्यसको एक मिनेट पछि नै अर्थात् २१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

यता, ४७ औं मिनेटमा गाब्रियल मार्टिनेली र ७० औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई २–२ को बराबरीमा ल्याउँदै हारबाट टारे । ७९ औं मिनेटमा मेरिनोले रातो कार्ड खान पुगे ।

यो नतिजासँगै शीर्षस्थानको लिभरपुलको ३६ खेलबाट ८३ अंक छ भने दोस्रो स्थानको आर्सनलको ६८ अंक छ । लिभरपुलले यसअघि नै लिग जितिसकेको छ ।