१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
अ अ+ अ-

झापा। गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ ।

स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले उहाँले निर्वाचन क्षेत्रमा निरन्तर भेटघाटलाई प्राथमिकता दिइरहनुुभएको छ ।

निर्वाचन जितेपछि अधिकांश जनप्रतिनिधि राजधानीको राजनीतिक व्यस्ततामै सीमित हुन्छन् भन्ने जनधारणा नेपालमा नयाँ होइन । चुनावताका गाउँटोलमा बाक्लै देखिने नेताहरू त्यसपछि पाँच वर्षसम्म बिरलै फर्किने अनुभवले नागरिकमा निराशा पनि बढाएको थियो । तर पूर्वउपसभामुखसमेत रहनुभएकी रानामगर यतिबेला फरक अभ्यासमा देखिनुभएको छ ।

गाउँबस्तीमा आयोजित भेटघाट तथा अन्तक्र्रियामा स्थानीयवासीले सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, वन्यजन्तुको समस्यालगायत दैनिक जीवनसँग जोडिएका विषय खुलस्त रूपमा राख्ने गरेका छन् । सांसद रानामगरले नागरिकका सुझाव, गुनासा र अपेक्षालाई टिपोट गर्दै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार यस्ता प्रत्यक्ष संवादले स्थानीय आवश्यकता र विकास निर्माणका क्रममा देखिएका चुनौती पहिचान गर्न सहयोग पुग्नेछ ।

सुरुमा उहाँले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो । भेटघाट तथा अन्तक्र्रियामा स्थानीयले दैनिक जीवनसँग जोडिएका विविध समस्या राखेका थिए ।

अनुगमनकै सिलसिलामा उहाँले बुद्धशान्ति भागिरथा अस्पतालको निरीक्षण गर्दै अस्पताल प्रशासनसँग सेवा प्रवाह, वर्तमान अवस्था र देखिएका समस्याबारे छलफल गर्नुभयो । यस्तै, हेलोचोकदेखि दक्षिणको सडक, भोटेटार चोक, गलानगाउँको अधुरो सडक तथा हात्तीकिल्ले पैनि (बिन्धुलीबाँध) क्षेत्रमा पुगेर पूर्वाधारको अवस्था अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गर्नुभयो ।

भेटघाटका क्रममा स्थानीयले कृषि, पूर्वाधार र शान्ति सुरक्षाका विषयमा धेरै समस्या राखेको सांसद रानामगरले बताउनुभयो । “बिर्तामोडको कृषि थोकबजार व्यवस्थापन, हात्तीको आतङ्क, पूर्वाधार विकास तथा समयमै मल–बीउ नपाएको गुनासो धेरै आएको छ”, उहाँले भन्नुभयो, “हामी ती समस्या र गुनासा समाधानका लागि निरन्तर क्रियाशील छौँ । कतिपय अवस्थामा नागरिकमा आक्रोश पनि देखिएको छ, जसलाई हामीले स्वाभाविक र सकारात्मक रूपमा लिएका छौँ ।”

जनप्रतिनिधिको भूमिका संसद्मा नीति निर्माणमा मात्र सीमित नरही नागरिकका दैनिक समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने पनि भएको रानामगरको भनाइ छ । यस्ता प्रत्यक्ष भेटघाट र अन्तक्र्रियालाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

नागरिकका समस्या सुन्दै हिँड्नुभएकी सांसद रानामगर बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुनुभयो । जहाँ वर्षौँदेखि ओत लाग्ने जमिनको कानुनी अधिकार नपाएर उठिबासको त्रासमा रहेका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सांसद रानामगरले नागरिकको सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार अनिवार्य रहेको बताउनुभयो । लाभग्राहीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गर्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

“आज यहाँ लालपुर्जा हस्तान्तरण गरिरहँदा तपाईँहरूको खुसी र उत्साहलाई नजिकबाट अनुभूति गर्ने अवसर मिल्यो”, उहाँले भन्नुभयो, “वर्षौँदेखि भूमिको स्वामित्वको प्रतीक्षामा रहनुभएका परिवारले लालपुर्जा प्राप्त गर्दा अनुहारमा देखिएको खुसी र सन्तोषले यस अभियानको वास्तविक महत्व र सार्थकता स्पष्ट रूपमा प्रतिविम्बित गरेको छ ।”

नागरिकसँगको प्रत्यक्ष संवादमार्फत विकास निर्माणमा देखिएका सुस्तता र स्थानीय आवश्यकता पहिचान गरी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

झापामा देखिएको यो जनप्रतिनिधि–नागरिक संवादको लहर इन्दिरा रानामगरमा मात्र सीमित छैन । झापाका अन्य निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित जनप्रतिनिधिहरू गाउँ–बस्ती पुग्ने होडमा देखिन्छन् ।

झापा क्षेत्र नंं १ की सांसद तथा रास्वपाकी सहमहामन्त्री निशा डाँगी एक सातादेखि क्षेत्रमै सक्रिय हुनुहुन्छ भने क्षेत्र नं ३ का सांसद प्रकाश पाठक र क्षेत्र नं ४ का सांसद शम्भु सुस्केरा पनि स्थानीयका सुखदुःख बुझ्न गाउँमै हुनुहुन्छ ।

झापाका पाँचवटै क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएका थिए । तीमध्ये झापा क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वालेन्द्र शाह हाल प्रधानमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

यसरी झापामा एक सातादेखि सञ्चालन गरिरहेको निरन्तर जनसंवाद अभियानले निर्वाचित प्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप नजिक बनाउने प्रयासका रूपमा लिइएको छ । रासस