१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
अ अ+ अ-

काठमाडौँ। नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित हुनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार यहाँ सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन हुनुहुन्थ्यो । सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी नेपाल भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताउनुभयो । उहाँले नेपाल र अन्तरराष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताउनुभयो ।

उहाँले एचसिसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तरराष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो । पाँच अर्बभन्दा बढी जनसङ्ख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्त्वपूर्ण अवसर भएको उहाँको भनाइ छ ।

वैद्यले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सृजना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तरराष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व झनै बढेको बताउनुभयो । मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमका मुख्यवक्ता परराष्ट्र मामिला विश्लेषक तथा नेपाली सेनाका पूर्वमेजर जनरल बिनोज बस्न्यातले नेपालले बदलिँदो विश्व राजनीतिक परिवेशलाई अवसरका रूपमा उपयोग गर्दै आर्थिक कूटनीति, संस्थागत सुधार र रणनीतिक विदेश नीतिमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्व शक्ति सन्तुलन, इन्डो–प्यासिफिकको बढ्दो महत्व र भूराजनीतिक प्रतिस्पर्धाबीच नेपालले स्पष्ट रणनीति, राष्ट्रिय आत्मविश्वास र सक्रिय कूटनीति अपनाउनुपर्ने धारणा राख्नुभयो । बस्न्यातले नेपालको विदेश नीति सक्रिय असंलग्नता, छिमेकीसँग सन्तुलित सम्बन्ध, क्षेत्रीय सहकार्य र ‘स्मार्ट डिप्लोमेसी’मा आधारित हुनुपर्ने उल्लेख गर्दै कूटनीतिलाई लगानी, प्रविधि, ज्ञान र विकास भित्र्याउने प्रभावकारी माध्यम बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले नेपालसँग रहेका ४१ दूतावास, तीन स्थायी नियोग, १० महावाणिज्य दूतावास र ६४ अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतको सञ्जाललाई विदेशी लगानी, नवप्रवर्तन, ज्ञान आदानप्रदान र विकास साझेदारी विस्तारका लागि प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

एचसिसी–एनका निवर्तमान डिन भोलाविक्रम थापाले एचसिसीएनलाई आर्थिक कूटनीतिमा सरकारको रणनीतिक साझेदार बनाउने उद्देश्यसहित विदेश मन्त्रालयसमक्ष समझदारीपत्र (एमओयू)को मस्यौदा पेस गरिएको बताउनुभयो । उहाँले ६४ देशको सञ्जालमार्फत नेपालमा विदेशी लगानी, प्रविधि हस्तान्तरण, व्यापार, पर्यटन र कनेक्टिभिटी प्रवर्द्धनमा एचसिसीएनले ‘फोर्स मल्टिप्लायर’को भूमिका निर्वाह गर्न सकिने बताउनुभयो ।

उहाँले राहदानी विभागसँग सेवाग्राहीको लाइन व्यवस्थापन प्रणाली सुधारका लागि पनि प्रस्ताव पेस गरिएको जानकारी दिँदै आवश्यक औपचारिक स्वीकृतिपछि कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्नुभयो । रासस