५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई पद बाँड्ने निरिह सङ्गठन बनाउनु हुँदैन : अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीलाई नेताको गोजीबाट पद बाँड्ने निरिह सङ्गठन बनाउन नहुने बताउनुभएको छ ।

बागमती प्रदेश समितिद्वारा आय यहाँ आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पार्टीलाई वैचारिक रूपमा सुस्पष्ट, सङ्गठनात्मक रूपमा सुदृढ र सङ्घर्षमा जुझारु बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई गतिशील र जुझारु सङ्गठन बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख एवं उपाध्यक्ष रणध्वज कन्दङ्वाले प्रशिक्षणबाट सबै तहमा योग्य कार्यकर्ता निर्माण गर्न मद्दत पुग्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन अध्यक्ष श्रेष्ठले ‘नेपाली समाज परिवर्तनको बाटो सङ्घीय समाजवाद’, उपाध्यक्ष रणध्वज कन्दङ्वाले ‘पाार्टीको सङ्गठनात्मक सिद्धान्त र कार्यपद्धति’ तथा आङ्काजी शेर्पाले ‘पहिचानको आन्दोलन र आदिवासीको सवाल’बारे प्रशिक्षण दिनुभएको थियो ।

अध्यक्ष राईले ‘पार्टीको आदर्श सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद’, उपाध्यक्ष सुशीला श्रेष्ठले ‘पार्टी निर्माणमा जवसको भूमिका र पार्टीसँगको अन्तरसम्बन्ध’ तथा पार्टीका केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा पुष्पराज राजकर्णिकारले ‘सङ्घीय समाजवादी अर्थतन्त्र र वित्तीय सङ्घीयताको प्रारूप’बारे प्रशिक्षण दिनुभएको थियो । रासस