काठमाडौँ । काठमाडौँको नयाँ बासपार्कस्थित एक होटलमा एक जना मृत भेटिएका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत फेला परेका हुन् ।
काठमाडौँ महानगरपालिका–२६ वीरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बर कोठामा उनी मृत फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










