५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

रियलले जित्यो स्पेनी ला लिगाको उपाधि

रियलले जित्यो  स्पेनी ला लिगाको उपाधि
अ+ अ-

म्याड्रिड । भिल्लारियललाई २–१ ले हराउँदै रियल म्याड्रिडले स्पेनी ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा एक खेल बाँकी रहँदै रियलले उपाधि जितेको हो । योसँगै रियलले ला लिगामा ३४औं उपाधि हात पारेको छ । रियलका लागि दुवै गोल करिम बेन्जेमाले गरेका थिए । रियले २९औं मिनेटमा पहिलो गोल गरेको थियो भने ७७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । भिल्लारियलका लागि भिसेन्ट इबोराले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ३ वर्षपछि ला लिगा जित्दा च्याम्पियन्स लिग जित्दाभन्दा पनि खुसी भएको प्रतिक्रिया दिएका छन् । रियलले जुनदेखि स्पेनी फुटबल सुरु भएयताका सबै १० खेल जितेको छ ।

शुक्रबार बिहानै भएको खेलमा बार्सिलोना भने ओसासुनाको हातबाट पराजित भएको छ । ओसासुलाले बार्सिलोनालाई २–१ ले हराएको छ । ओसासुनाका लागि १५औं र इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गरेका थिए भने बार्सिलोनाका लागि लियोनल मेसीले ६२औं मिनेटमा गोल गरेका थिए । ३७ खेलको समाप्तिमा बार्सिलोना ७९ अंकसहित दोस्रो स्थानमा छ भने रियलको ८६ अंक छ ।