६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा प्राकृतिक सौन्दर्य र सास्कृतिक विवधता छ : मन्त्री पाण्डे



अ+ अ-

कञ्चनपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज आयोजित ‘फारवेष्ट ट्राभल मिट’ को उद्घाटन गर्दै उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताउनुभएको हो । “यहाँ सानो ठाउँमा प्राकृतिक विविधता छ थोरै जनसङ्ख्यामा  धेरै सांस्कृतिक विविधता छ”, मन्त्री पाण्डेले भन्नुभयो, “विविधतापूर्ण संस्कृति र प्रकृतिलाई विश्व माझ पुर्‍याउन सके पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ ।

उहाँले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो । “अहिले हामीले एयरलाइन्सहरूसँग छलफल गरेर पोखराबाट सात वटै प्रदेशमा उडान भर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले यहाँको पर्यटन विकासमा टेवा पुग्छ ।

मन्त्री पाण्डेले भन्नुभयो, “यहाँको सांस्कृतिक र प्राकृतिक विविधताबाट लाभ लिन सके आर्थिक समृद्धि धेरै टाढा छैन ।” उहाँले अहिले पुँजीगत खर्चमा चाप बढेका कारण २० प्रतिशत बजेट घटेको बताउनुभयो ।

उहाँले नेपाल ऐयरलाइन्स बलियो नहुँदा नीति एयरलाइन्सहरूले मनोमानी भाडा लिने गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरू भएको फारवेष्टर्न ट्राभल मार्टमा नेपाल भारतका ट्राभल ऐजेन्टहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने उक्त मार्टमा  नेपाल–भारतका पर्यटन व्यवसायीबीच यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे छलफल हुनेछ । रासस