३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईंसँग प्रयोगविहीन ह्विलचियर छ ?



अ+ अ-

चितवन । के तपाईंको घरमा ह्वीलचियर थन्किएर बसेको छ ? यदि छ भने ह्विलचियर किन्न नसकेर समस्यामा रहेकाहरूलाई त्यो ठूलो राहत हुनसक्छ । तपाईंले थन्किएको ह्विलचियर दिएमा कुनै विपन्न अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बन्नसक्छ ।

हाल थन्किएका ह्विलचियर जुटाएर दैनिकी सहज बनाउने उद्देश्यसहित ‘फ्रि ह्विलचियर डोनेट एण्ड रिपियर सोसाइटी नेपाल’ नामक अभियान लागेको छ । अभियानका अवधारणाकर्ता आनन्द राउत घर तथा कार्यालयमा प्रयोगविहीन ह्विलचियर सङ्कलन गरेर आवश्यक पर्दा मर्मतसमेत गरी विपन्नसम्म पुर्याउने अभियानमा लागिरहनुभएको छ ।

विदेश जाने रकम घटाउन र विपन्नलाई सहयोग गर्ने दुई वटा उद्देश्यका साथ अभियान थालिएको भन्दै उहाँले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । “यहाँ विदेशबाट ह्विलचियर आयात गरिन्छ । त्यसका लागि बर्सेनि करोडौँ रकम बाहिरिन्छ । त्यसैले यहाँ बिग्रिएर बसेका, कबाडीका रूपमा रहेका ह्विलचियरलाई आवश्यक मर्मत गरी पुनःप्रयोग गर्ने अभियानमा लागेका छौँ । यसले विदेशिने करोडौँ रुपैयाँ बचत हुनुका साथै विपन्नलाई निकै सहयोग पुग्नसक्छ”, राउतले भन्नुभयो ।

सन् २०२५ को सुरुआतसँगै सुरु भएको अभियानमार्फत हालसम्म छ जनालाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ । अभियानी राउतले पहिलो ह्विलचियर पाउने व्यक्ति र परिवारको अनुहारमा देखिएको खुसीबाट प्राप्त आत्मसन्तुष्टिले अभियानमा लाग्न प्रेरित गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कतै बिग्रिएर बसेका ह्विलचियरलाई खरिद गरेर वा सहयोगमा लियर आवश्यकताअनुसार मर्मत गरेर वितरण गर्ने गरेका छौँ । मर्मतका लागि नारायणी बहुप्राविधिक शिक्षालयमा रहेको इन्फिनिटी प्रयोगशालासँग समन्वय गरेर काम भइरहेको छ ।”

हाल आर्थिक रूपमा विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर सहयोग गर्ने उद्देश्यले अभियान काम सुरु भए पनि आगामी दिनमा वैशाखी, वाकर र नक्कली खुट्टासमेत वितरण गर्ने योजना रहेको जनाइएको छ ।रासस