२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

वाईसीएल मोरङको नयाँ नेतृत्व चयन, योगेन लिम्बू अध्यक्षमा निर्वाचित

वाईसीएल मोरङको नयाँ नेतृत्व चयन, योगेन लिम्बू अध्यक्षमा निर्वाचित
अ अ+ अ-

विराटनगर। नेकपा (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) मोरङको नेतृत्वमा योगेन लिम्बू चयन भएका छन्।

हालै सम्पन्न तेस्रो जिल्ला सम्मेलनले ७१ सदस्यीय नयाँ जिल्ला समिति गठन गर्दै लिम्बूलाई अध्यक्ष बनाएको हो। नवनिर्वाचित समितिमा उपाध्यक्ष पदमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनालले जिम्मेवारी पाएका छन्।

सचिवमा सुशन खड्का, सह–सचिवमा रोशन राई, जमिन मङ्ग्राती र महेन्द्र सोनार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी इन्द्रबहादुर राईले सम्हाल्ने छन्।

अध्यक्ष लिम्बूले कार्यभार ग्रहण गर्दै युवा परिचालन, सामाजिक रूपान्तरण र जनहितका कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। सम्मेलनको उद्घाटन माओवादी नेता रामप्रसाद सापकोटाले गरेका थिए। नयाँ नेतृत्वले संगठनलाई जनमुखी बनाउने लक्ष्य लिएको छ।