१९ भाद्र २०८३, शुक्रबार
,
Latest
पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियामकीय अभावलाई विद्युत नियमन आयोगले पूरा गर्न सक्नुपर्छः हितेन्द्रदेव शाक्य



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत नियमन आयोगले आगामी दिनमा नियामकीय अभावलाई पूरा गर्दै जानुपर्ने बताउनुभएको छ ।

बिहीवार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सवको अवसरमा बोल्दै उहाँले विद्युत प्राधिकरणले आफ्नो विद्युत उत्पादन प्रशारण वितरण तथा सेवा पु¥याउने कार्यमा पर्ने नियामकीय अप्ठ्याराहरुमा नियमन आयोगसँग सहकार्य गर्दै जाने आश्वास दिनुभएको छ ।

उहाँकाअनुसार आगामी दिनमा विद्युत प्राधिकरण आफैँले विभिन्न समयमा निभाउदै आएको कतिपय नियामकीय भुमिका कानूनले तोकेअनुसार प्रतिस्थापन गर्दै विद्युत नियमन आयोगबाट गरिनेछ । डेडिकेटर फिडर तथा ट्रंक लाइनको पुनरावलोकन गर्ने व्यवस्थाका सम्बन्धमा भएका व्यवस्थाहरु नियमकीय ओभर ल्याभहरु विस्तारै हस्तान्तरण गरिने उहाँले बताउनु भयो ।
शाक्यले भन्नुभयो–‘डेडिकेटर फिडर तथा ट्रक लाइनको पुनरावलोकन गर्ने व्यवस्थाका सम्बन्धमा भएका व्यवस्थाहरु नियमकीय ओभर ल्याभहरु बिस्तारै ह्याण्डओभर हुँदै जानेछ ।’

ब्याट्री इनर्जी स्टोरेज सिस्टम, इलेक्ट्रिसिटि मार्केट, रिजर्भ क्यापसिटी मार्केटहरु सम्बन्धि कामहरु विद्युत नियमन आयोगले अघि बढाउनुपर्ने शाक्यले बताउनु भयो । उहाँकाअनुसार विद्युत उत्पादन प्रशारण वितरणसँगै हालको विद्युत् ऐन र संसद्मा विचराधिन विधेयक आएपछि पनि देखा पर्नसक्ने नियमकीय निर्णय प्राधिकरणले गर्न सक्नुपर्छ ।