३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषणः सांसद शाही



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश अहिले आर्थिक र विकासको हिसावले गम्भीर सङ्कटको मोडमा रहेको बताउँदै प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा रहेको बताउनु भयो । उहाँले रोजगारी नहुँदा बेरोजगार युवाहरू विदेशीन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मलहम लगाउन नसक्ने जिकिर गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरे पनि अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण बनाएको जिकिर गर्नुभयो । उहाँले विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपी पेस्ट देखिएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “देश अहिले आर्थिक र विकासको हिसाबले यस्तो सङ्कटको मोडमा छ, यहाँ देशका प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा छन् । बेरोजगार युवाहरू विदेशीन बाध्य छन् । तर, आम नागरिकको पीडामा सरकारको यो नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको छ । यसमा न परिणाम छ, न दृष्टिकोण छ । सरकारले यसपालिको नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरेको छ । तर, अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर यथार्थमा नीतिलाई भाषण जस्तो बनाएको छ । विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी आज भन्दा सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपी पेस्ट भेटिन्छ । त्यो समयमा ल्याइएको नीति तथा कार्यक्रमको तुलनात्मक जवाफ यो नीति तथा कार्यक्रमले दिन सकेको छैन ।”

उहाँले सरकारको नीति तथा कार्यक्रमले जनताको उत्साह जगाउनुको साटो निराशा थपेको बताउनु भयो ।