३ पुष २०८२, बिहीबार
,
Latest
नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार



अ+ अ-

मुस्ताङ । थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ ।

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले रु २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराउनुभएको हो ।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ । गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् । रासस