९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जुनारको कीरा नियन्त्रण गर्न ‘स्प्रेकर्ता’ खटाइयो

जुनारको कीरा नियन्त्रण गर्न ‘स्प्रेकर्ता’ खटाइयो
अ अ+ अ-

सिन्धुली। जुनार फल कुहाउने औँसा कीरा नियन्त्रणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिन्धुलीले ४२ जना ‘स्प्रेकर्ता’ परिचालन गरेको छ ।

जुनारमा रहेको औँसा कीरा नियन्त्रणका लागि यसवर्ष पनि जुनारमा प्रोटिन हाइड्रोलाइजेट (प्रोटिनवेट) छर्कन ‘स्प्रेकर्ता’ परिचालन गरिएको हो ।

‘स्प्रेकर्ता’ लाई तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत आवश्यकपर्ने प्रोटिनवेट र व्यक्तिगत सुरक्षाका सामग्री प्रदान गरी उनीहरूलाई परिचालन गरिएको परियोजना कार्यान्वयन एकाइका प्रमुख यामकुमार श्रेष्ठले बताउनुभयो ।

“‘स्प्रेकर्ता’ लाई जुनारमा छर्कने प्रोटिनवेटको प्रयोग विधिबारे जानकारी गराएर उहाँहरूलाई जुनार बगैँचामा पठाइएको छ”, उहाँले भन्नुभयो, “अब केही दिनपछि उहाँहरूले जुनारमा प्रोटिनवेट छर्कनुहुन्छ ।”

प्रोटिनवेट छर्कनका लागि अनुगमन, वयस्क झिँगाको आगमन टिपोट, निर्धारित ठाउँ–ठाउँमा प्रोटिनवेट र औँसालाई प्यूपा अवस्थामा जान नदिन सरसफाइ गरिएको जनाकारी दिनुभयो ।

वयस्क झिँगा निस्केको एक महिनाभित्र प्रोटिनवेट छर्कन सके औँसा कीराका कारण जुनारमा हुने क्षति कम गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “स्प्रेकर्ताले तयारी प्रोटिनवेट ५० मिलि घोल शून्य दशमलव ५ देखि एक वर्गमिटर पातको तल्लो भागमा स्प्रे गर्नुहुनेछ ।” विधिअनुसार फल्ने तीन बोटमध्ये एक बोटको निश्चित भागमा प्रत्येक हप्ताको एक पटक गरी कम्तीमा १० पटक छर्कनुपर्ने उहाँको भनाइ छ ।

‘स्प्रेकर्ता’ लाई आवश्यक तालिम दिइएको र गोलञ्जोर गाउँपालिकाको डुँडेमा यही वैशाख २० गते र रानीखोलामा वैशाख १८ गते औँसा कीरा वयस्क निस्किएको पाइएकाले अब जुनारमा प्रोटिनवेट छर्कने उपयुक्त समय भएको उहाँले बताउनुभयो ।

गोलञ्जोर गाउँपालिकाको–१ देखि ६ नं वडा, कमलामाई नगरपालिकालो ३ नम्बर वडा, सुनकोसी गाउँपालिकाको ७ नं वडा र तीनपाटन गाउँपालिकाको ७ नं वडामा रहेका २० हजार ७४ फल्ने बोटमध्ये एक हजार एक सय ३८ बोटमा मात्र प्रोटिनवेट छर्किने उहाँले जानकारी दिनुभयो ।

गोलञ्जोर गाउँपालिकाबाट चार सय लिटर, तीनपाटन गाउँपालिकाबाट ९० लिटर, बाली संरक्षण हरिहरभवनबाट एक सय ५० लिटर, लि–बर्डबाट ७३ लिटर सहयोग प्राप्त भएको र चार सय २५ लिटर कार्यालय र किसानको ५०/५० प्रतिशतमा व्यवस्थापन गरिएको उहाँको भनाइ रहेको छ ।

गोलञ्जोर गाउँपालिकामा नौ सय १८ लिटर, सुनकोसी गाउँपालिकामा ७३ लिटर, तीनपाटन गाउँपालिकामा ९० लिटर, कमलामाई नगरपालिकामा ५७ लिटर प्रोटिनवेट लाग्ने उहाँको भनाइ छ । जुनारमा लग्ने औँसा कीरा नियन्त्रणका लागि स्प्रेकर्ता, परियोजना कार्यान्वयन एकाइको मात्र नभएर किसान कृषि प्राविधिक, स्थानीय तहलगायत सरोकारवाला निकाय पनि जिम्मेवार रहनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले जिल्लाको मौलिकतासँग जोडिएको फलको संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘स्प्रेकर्ता’ लाई आफू सुरक्षित भएर जुनारको सुरक्षा गर्न उहाँले आग्रह गर्नुभयो । विगतको भन्दा अहिले जुनारमा औँसा कीराको प्रकोप कम हुँदै आएकाले यसतर्फ किसान र सरोकारवाला निकाय चनाखो हुनुपर्ने बताउनुभयो ।

गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले गाउँपालिकाले जुनार किसानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले जिल्लाको सबैभन्दा बढी जुनार उत्पादन हुने पालिका गोलञ्जोर गाउँपालिका भएको र यहाँ जुनार व्यवसाय गर्ने किसानलाई वर्गीकरण गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष बरालका अनुसार जुनारबाट वार्षिक १० लाखभन्दा बढी आयआर्जन लिनसक्ने किसानले आफ्नो बगैँचा आफैँले व्यवस्थापन गर्न सक्छाँै भने साना किसान जसले लगानी गरेअनुरूप आम्दानी गर्न सकेको छैन त्यस्ता किसानलाई लाभ मिल्नेछ ।

उहाँले हावापानी र भूगोलअनुसार उत्पादन हुने कृषि उपज उत्पादनमा लाग्न किसानलाई आग्रह गर्नुभयो । यसका लागि गाउँपालिका समन्वय र सहकार्य गर्न तयार रहेको बताउँदै अध्यक्ष बरालले सम्भावित अन्य कृषि उपज उत्पादन गर्नुपर्नेमा जोड दिनुभयोे ।

गाउँपालिकाले जुनारको बजारीकरण र प्रचार प्रसारका लागि आगामी कात्तिक मङ्सिरमा जुनार महोत्सव सञ्चालन गर्ने बताउनुभयो । यस्ता महोत्सवले जुनारको बजारीकरणमा टेवा पुग्ने बताउनुभयो ।

जुनार किसानका लागि गाउँपालिका आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ सिन्धुलीले हरेक वर्ष फल कुहाउने औँसा कीराको नियन्त्रणका लागि क्षेत्रगत कीरा नियन्त्रण अभियान सञ्चालन गर्नै आएको छ । आर्थिक वर्ष २०७४/७५ मा औषध ५६ दशमलव ७१ प्रतिशत फलमा क्षति भएकोमा आर्थिक वर्ष २०७४/७५ को चैतदेखि असारमा ‘प्रोटिनवेट’ छर्किएको थियो ।

‘प्रोटिनवेट’ छर्किएपछि जुनारको क्षति १० दशमलव ९० प्रतिशतमा झारेकाले हरेक वर्ष जुनारमा ‘प्रोटिनवेट’ प्रयोग गरिँदै आइएको छ । चालु आर्थिक वर्षमा जुनारको क्षति शून्य दशमलव ८३ प्रतिशत मात्र रहेको छ । ‘प्रोटिनवेट’ छर्कँदा वार्षिक रू ३० करोड बराबरको जुनार सुन्तलाको फल कीराको प्रकोपबाट सुरक्षित भएको कार्यालयले जनाएको छ । रासस