२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल

अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी दिनमा राजनीतिको नेतृत्व नयाँ पुस्ता अर्थात् युवाले गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रज्ञा प्रतिष्ठानमा परिवर्तन अभियान नेपालले आज आयोजना गरेको ‘सामाजिक रूपान्तरणमा विद्यार्र्थी आन्दोलनको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री पौडेलले राजनीतिक परिवर्तनमा विद्यार्थी र युवाको भूमिका महत्त्वपूर्ण रहेकाले आगामी दिनमा पनि युवाले नै नेतृत्व लिने बताउनुभयो ।

“अब राजनीतिलाई पछिल्लो पुस्ताले नै बढाउने हो । केही समय लाग्न सक्छ, अफ्ठ्यारा हुनसक्छन् । यद्यपि आउँदो समयमा नेतृत्व लिन युवाले आफूलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ । तर, म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन । आफूलाई लायक बनाउनुपर्छ”, मन्त्री पौडेलले भन्नुभयो ।

पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै उहाँले आफ्नो क्षमता विस्तार गरेर युवाले नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिलाई सम्मानसमेत गरिएको उक्त कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले दलले गर्ने गलत कार्यमा विद्यार्थीले खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो ।

अब मातृ पार्टीले केही गलत गरे खबरदारी गर्न डराउनु हुँदैन, खबरदारी गर्ने कसले हो ? तपाईंले होइन ? नभए विस्तारै युवाको विश्वास आफ्नै पुस्तासँग पनि गुम्दै जान्छ, त्यसैले आफ्नो कुरा भन्न हिच्किचाउनु हुँदैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया लगायतले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीको भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रम आयोजक संस्था परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकाबारे चर्चा गर्दा त्यसलाई भुल्न नहुने बताउनुभयो । “हामीले हरेक आन्दोलनलाई केलाएर हेर्ने हो भने विद्यार्थी आन्दोलनको भूमिका महत्त्वपूर्ण थियो, छ र हुनेछ । देशको केन्द्रीय राजनीतिलाई विद्यार्थी राजनीतिले नै निर्देश गरेको देखिन्छ, त्यसकारण विद्यार्थीको भूमिकालाई नजरअन्दाज गर्नु गल्ती हुनेछ”, उहाँले भन्नुभयो । रासस