८ जेष्ठ २०८२, बिहीबार
,
Latest
कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः अध्यक्ष दाहाल परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न मानव अधिकार आयोगको आग्रह कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्नेगरी निजामति विधेयक आउन सक्दैनः सभापति खतिवडा दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति मनीषा कोइरालाले हेरिन् ‘ऊनको स्वीटर’, अन्य विशिष्ट व्यक्तिहरूद्वारा पनि मुक्तकण्ठले प्रशंसा: रोकिएन व्यापारको रफ्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको अन्तरराष्ट्रियकरण भयो-प्रमुख आयुक्त राई



अ+ अ-

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति जम्मा गर्ने प्रवृत्ति अत्यधिक बढेको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ माथिको छलफलका क्रममा प्रमुख आयुक्त राईले भ्रष्टाचारजन्य गैरकानुनी क्रियाकलापबाट पुँजी पलायन बढेको बताउनुभयो ।

भ्रष्टाचारको अन्तरराष्ट्रियकरण हुन थालेको छ । यसको जरो विदेशसम्म पुगेको छ । यहाँ भ्रष्टाचार गरेर आफ्ना छोराछोरी आफन्तलाई विदेशमा पैसा पठाएर त्यहाँबाट रेमिट्यान्सका रूपमा त्यो रकम नेपाल आइरहेको हुनसक्छ”, उहाँले भन्नुभयो । नेपालमा भ्रष्टाचार गरेको रकम विदेशमा पठाएको थाहा पाएर अख्तियारले संयुक्त अरब इमिरेटस्, सिङ्गापुरलगायत देशमा गएको पैसा फिर्ता ल्याउन प्रयास गरे पनि द्विपक्षीय सम्झौता नभएका कारण त्यो सम्भव नरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

द्विपक्षीय सम्झौता हुन नसक्दा भ्रष्टाचारको पैसा विदेशबाट फर्काउन सकिएको छैन । सिङ्गापुरले त्यस्तो पैसा फर्काउने प्रतिबद्धतासमेत जनाएको छ । तर हामीले त्यस्तो खालको सम्झौता उसँग गरेका रहेनछौँ”, प्रमुख आयुक्त राईले भन्नुभयो, “सुनकाण्डबारे बुझ्न एउटा टोली हङकङ गएको थियो । त्यहाँ पनि दुईपक्षीय सम्झौता नभएकै कारण उक्त टोली घुमघाम मात्रै गरेर फर्कियो ।”

त्यस्तै, नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अनुसन्धानका लागि अमेरिकाले सहयोग नगरेको खुसाला पनि उहाँले गर्नुभयो । त्यस्तै, समितिको आजको बैठकमा सांसदहरूले अख्तियारले ठूला भष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको, राजनीतिक रूपमा पक्षपाती भएर निर्णय लिने गरेको, शक्तिशालीहरूको प्रभाव त्यहाँ रहेकालगायत विषय उठाएका थिए । जवाफमा प्रमुख आयुक्त राईले अख्तियार कसैको दबाब र प्रभावमा नपरेको दाबी गर्नुभयो । “विगतमा के हुने गरेको थियो मलाई थाहा छैन । तर मेरो कार्यकालमा कसैले पनि माथिबाट दबाब दिएको छैन”, उहाँले भन्नुभयो ।

त्यस्तै, भ्रष्टाचारका प्रकरणमा राजनीतिज्ञ उम्कने तर कर्मचारी मात्रै पर्ने गरेको सांसदहरूको भनाइमा पनि प्रमुख आयुक्त राईले विमती जनाउनुभयो । “अख्तियारमा ठूला माछा परेनन्, साना माछा मात्रै परे भन्ने सुनिन्छ । निर्णय गर्नका लागि दबाब दिने राजनीतिक नेतृत्व उम्कने तर कर्मचारीलाई बलिको बोको बनाउने गरेको आम बुझाइ छ”, प्रमुख आयुक्त राईले भन्नुभयो, “तर कर्मचारीले कसको निर्देशनमा गैरकानुनी काम गरेको भनेर नाम लिँदैनन् । बरू आफै स्वीकार्छन् र राजनीतिक नेतृत्वको नाम नलिँदा प्रमाण पुग्दैन ।”

यसवर्ष २९ हजारभन्दा बढीको सङ्ख्यामा उजुरी आइसकेको पनि राईको भनाइ छ । त्यस्तै, अख्तियारले बेनामे उजुरी लिन छाड्ने हो भने उजुरीको सङ्ख्या निकै कम हुने उहाँको तर्क छ । त्यस्तै, अख्तियारमा प्रशासनका कर्मचारी र प्रहरीहरू आउन रूचाउने गरेको तर प्राविधिक कर्मचारीलाई टिकाउनै गाह्रो रहेको पनि उहाँको भनाइ छ ।