६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखापत्र देखेको कुरा लेख्न स्वतन्त्र छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको गोरखापत्रले स्वन्तन्त्रापूर्वक पत्रकारिता गरिरहेको बताउनुभएको छ ।

बुधवार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजाको शासनमा राजाको जे इसारा भयो त्यस्तै लेख्नुपर्ने बाध्यता भएको बताउनु भयो । उहाँले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै गोरखापत्रले पनि कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको बताउनु भयो । पुरानो समयमा सम्पादकीय लेख्ने सम्पादकहरुनै सकसमा पर्ने गरेको भन्दै अहिले सरकारले कुनै किसिमको दबाब वा इसारा नगरेको बताउनु भयो । उहाँले पत्रकारले व्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाउने अवस्था रहेको बताउनु भयो । गोरखापत्रले राणा शासन, राजतन्त्रलगायत विभिन्न उतारचढाव भोग्दै आफूलाई विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । उतारचढाव झैल्दै यस्ले विकास गरेको छ । अनेक प्रकारका अप्ठ्यारा होलान्,  कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न सम्पादकहरुलाई ? आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ ? कुन साइन्सले लेख्नुहुन्छ ? कहिल्यै सरकारबाट यसो लेख उसो लेख भनेको छ र ? इशारा केही गएको छ ? सरकारले त्यता फर्किएर आँखा पन िझिम्क्याउँदैन । इशारा गर्दैन । प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरु आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ । अलि अगाडि ३० –३५ वर्षसम्म त संकेतले, इशाराले, आकारले प्रकारले कुनै पनि हिसाबबाट राजसंस्था विरोधी हो भन्ने प¥यो भने त उसको चेहरामा झल्किन्थ्यो सरकार ।’

प्रधानमन्त्री ओलीले गोरखापत्रले मानक भाषाको रुपमा नेपाली भाषाको विकास गरेको बताउनु भयो ।