२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहित नागरिकता र लगानीको व्यवस्था गर्न सांसद गिरीको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) लाई संविधानअनुसारको अधिकार दिलाउने र नेपालमा लगानी गर्ने कानुनी सुविधा सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा साझेदारको रूपमा हेर्नुपर्ने उल्लेख गर्दै उनीहरूलाई नेपाली नागरिक सरह व्यवहार गर्नुपर्ने बताउनु भयो । उहाँले गैरआवासीय नेपाली नागरिकताको विषयमा कानूनी र कार्यान्वयन पक्षमा स्पष्टता नहुँदा लाखौं प्रवासी नेपालीले लगानी गर्ने अवसर गुमाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गैरआवासीय नेपाली (एनआरएन)हरु नेपालको विकासका साझेदार हुन् । त्यसैले संविधानले नै व्यवस्था गरेको सबै अधिकार पाउने गरी एनआएन नागरिकताको कार्यान्वयन गर्न र नेपाली नागरिक सरह एनआरएनलाई पनि नेपालमा लगानी गर्ने कानूनी व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’

सरकारले एनआरएन नागरिकताका सम्बन्धमा केही प्रक्रिया अघि बढाए पनि पूर्ण कार्यान्वयन र व्यावसायिक हक–अधिकारको सुनिश्चितता अझै गर्न सकेको छैन ।