२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहित नागरिकता र लगानीको व्यवस्था गर्न सांसद गिरीको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) लाई संविधानअनुसारको अधिकार दिलाउने र नेपालमा लगानी गर्ने कानुनी सुविधा सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा साझेदारको रूपमा हेर्नुपर्ने उल्लेख गर्दै उनीहरूलाई नेपाली नागरिक सरह व्यवहार गर्नुपर्ने बताउनु भयो । उहाँले गैरआवासीय नेपाली नागरिकताको विषयमा कानूनी र कार्यान्वयन पक्षमा स्पष्टता नहुँदा लाखौं प्रवासी नेपालीले लगानी गर्ने अवसर गुमाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गैरआवासीय नेपाली (एनआरएन)हरु नेपालको विकासका साझेदार हुन् । त्यसैले संविधानले नै व्यवस्था गरेको सबै अधिकार पाउने गरी एनआएन नागरिकताको कार्यान्वयन गर्न र नेपाली नागरिक सरह एनआरएनलाई पनि नेपालमा लगानी गर्ने कानूनी व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’

सरकारले एनआरएन नागरिकताका सम्बन्धमा केही प्रक्रिया अघि बढाए पनि पूर्ण कार्यान्वयन र व्यावसायिक हक–अधिकारको सुनिश्चितता अझै गर्न सकेको छैन ।