५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित, दोस्रो चरणको मतदानमा जित



अ+ अ-

एजेन्सी । फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख ९चान्सलर०को रूपमा निर्वाचित हुनुभएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा उहाँले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन हुनुभएको हो। यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उहाँले अपेक्षित मत नपाई पराजय व्यहोर्नुभएको थियो।

पहिलो चरणमा उहाँले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गर्नुभएको थियो। दोस्रो चरणमा भने उहाँले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित हुनुभयो।

उनन्सत्तरी वर्षको उमेरमा यो पद सम्हाल्नु भएका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गर्नुभएको थिएन ।उहाँ न संघीय मन्त्री हुनुहुन्थ्यो, न राज्य प्रमुख, न त सानो नगरपालिकाको प्रमुख ९मेयर० नै। कोनराड एडेनाउरपछि उहाँ यस्ता सबैभन्दा ज्येष्ठ व्यक्ति हुनुहुन्छ, जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हाल्नुभएको हो।

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै, युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गर्नुभएको छ। जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो।

नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

यसैबीच, संसदमा प्रमुख विपक्षी शक्तिका रूपमा रहेको ‘वैकल्पिक जर्मनीका लागि’ नामक दलले प्रारम्भिक नतिजालाई लिएर आलोचना गरे पनि निर्वाचन प्रक्रियाको मर्यादा र लोकतान्त्रिक परम्पराको सम्मान कायम गरिएको देखिएको छ।