२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका प्रजिअसँग संवाद



अ+ अ-

सुर्खेत। वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यहाँका दश जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग संवाद गर्नुभएको छ ।

उहाँले भर्चुअल माध्यमबाट मनसुनजन्य विपद् र आगलागका घटना, पुनर्निर्माण, पुर्नस्थापना तथा प्रवलीकरणका विषयमा संवाद गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कँडेलले जिल्लागत वस्तुस्थितिबारे जानकारी लिँदै प्रदेश सरकारबाट गर्नुपर्ने व्यवस्थापनका विषयमा समेत छलफल गर्नुभयो । उहाँले विपद्पीडितका लागि प्रदेश सरकारले बेहोर्ने ३० प्रतिशत रकम तत्काल व्यवस्था गरिने बताउनुभयो । विसं २०७७ देखि हालसम्म सम्झौता गरेका पीडितलाई स्थानीय तहले २० प्रतिशत, सङ्घ सरकारले ५० प्रतिशत र प्रदेश सरकारले ३० प्रतिशत बेहोर्ने व्यवस्था छ ।

मुख्यमन्त्री कँडेलले सम्झौता भइसकेका लाभग्राहीहरूको विवरण र प्रदेश सरकारले बेहोर्नुपर्ने रकम यथाशीघ्र माग गरेर पठाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिनुभयो ।

प्रदेश सरकारले चार वर्षदेखि आफ्नो दायित्वको रकम पीडितलाई उपलब्ध नगराएका कारण यसै आर्थिक वर्षमा दिने व्यवस्थाका लागि सम्झौता विवरण माग गरिएको जनाइएको छ । कर्णालीमा करिब ८०० जना पीडितलाई रु ११ करोड भुक्तानी गर्नुपर्ने प्रमुख स्वकीय सचिव गौतमले बताउनुभयो । रासस