१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा रीता सिंहसहित १७ जनाविरुद्ध ठगी मुद्दा



अ+ अ-

काठमाडौं। नेपाल बाल संगठन (बाल मन्दिर) को नक्सालस्थित २८ रोपनी जग्गा सस्तो दरमा निजी स्कुललाई लिजमा दिई आर्थिक हिनामिना गरेको आरोपमा ठगी मुद्दा चलाउने निर्णय भएको छ।

महान्यायाधिवक्ता कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययनपछि पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको हो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरे पनि महान्यायाधिवक्ताले निर्णय उल्टाएका हुन्। अब फाइल अदालतमा बुझाइँदैछ। बाल संगठनले दिएको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान गरी ६० करोड बिगो कायम गर्न सुझाव दिएको छ।

रीता सिंह नेतृत्वमा प्रतिस्पर्धाविनै बृहस्पति विद्या सदनलाई ०४९ सालदेखि २१३१ सालसम्मका लागि सस्तो लिजमा जग्गा दिइएको थियो। सम्झौता बारम्बार म्याद थप गर्दै गरिएको थियो। सोही जग्गा धितो राखेर बृहस्पतिले बैंकबाट ४४ करोड ऋणसमेत लिएको छ।

छानबिन आयोगले पनि आर्थिक हिनामिना पुष्टि गर्दै कारबाही सिफारिस गरे पनि राजनीतिक पहुँचका कारण रोकिएको आरोप लाग्दै आएको छ। अब भने अदालतमा अभियोगपत्र दर्ता भएसँगै कानुनी प्रक्रिया अघि बढ्ने भएको छ। संगठनले करोडौँ आम्दानी गर्न सक्ने जग्गाबाट महिनामा आठ लाख मात्रै पाउँदा अनाथ बालबालिका पालनमा कठिनाइ भएको छ।