१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले अवैध बसोबास गर्ने ७ जना नेपालीलाई काठमाडौं फर्कायो



अ+ अ-

काठमाडौँ। अमेरिकाले गैरकानुनी रूपमा त्यहाँ बसोबास गरिरहेका ७ जना नेपालीलाई निष्कासन गरेको छ।

उनीहरूको निष्कासनमा गिरी, पाठक, डाँगी, पोखरेल र ओली थरका तीन जना रहेका छन्। यसै साता उनीहरूलाई एयर इन्डियाको विमानबाट काठमाडौं फर्काइएको हो। निष्कासनमा परेका चार जना अवैधरूपमा अमेरिका बसोबास गर्दै थिए र नेपाली पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए।

अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासमार्फत ट्राभल डकुमेन्ट प्रदान गरी नेपाल फर्काएको छ। यस डकुमेन्टमार्फत एकतर्फी यात्रा मात्र गर्न सकिन्छ।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति लागू भएकोपछि नेपालीहरूको निष्कासन बढेको छ। यस प्रकारका निष्कासन साप्ताहिक रूपमा हुँदै आएका छन्। केही महिना अगाडि अमेरिकाले चार्टर्ड विमानबाट पनि नेपालीलाई नेपाल पठाएको थियो।