३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले धनुषा अधिवेशन झडपपछि स्थगित



अ+ अ-

काठमाडौँ। नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशन झडपका कारण बुधबारसम्मका लागि स्थगित गरिएको छ।

अधिवेशनस्थलमै अध्यक्ष पदका दुई उम्मेदवार भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद भई झडप हुँदा पाँच जना नेता कार्यकर्ता घाइते भएका छन्। घाइतेमध्ये सत्यनारायण महासेठ र महेश दासको टाउकोमा चोट लागेको छ। वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवमाथि पनि हातपात भएको जनाइएको छ।

भोला यादवलाई केन्द्रीय सचिव रघुवीर महासेठको समर्थन छ भने लक्ष्मीनारायण यादवलाई केन्द्रीय सदस्य उमाशंकर अरगरियाको साथ रहेको छ। दुवै शीर्ष नेताबीच लामो समयदेखि राजनीतिक तिक्तता रहेको बताइएको छ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने विषयलाई लिएर सुरु भएको विवाद कुर्सी हानाहान र कुटाकुटसम्म पुगेको थियो। लक्ष्मीनारायण समूहले सचिव महासेठमाथि अधिवेशन प्रक्रियामा एकलौटी गरेको आरोप लगाउँदै धर्ना समेत दिएका थिए।

गत वैशाख २० गतेदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियातर्फ जान लागिएको थियो। तर, विवादका कारण मतदान प्रक्रिया अगाडि बढ्न सकेको छैन।