३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गीय नेपाललाई पशुपति लगियो, उपप्रधानमन्त्रीद्वारा नेपालप्रति श्रद्धाञ्जली अर्पण



अ+ अ-

काठमाडौँ।  मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्यष्टि गरिनेछ ।

यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले)भित्र निर्णायक र प्रभावशाली हुनुहुन्थ्यो ।  राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गर्नुभएका उहाँ नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित हुनुहुन्थ्यो । उहाँ आख्यानकार, कवि र उपन्यासकार हुनुहुन्थ्यो ।

उहाँले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । एमालेको सचिवालयसदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गर्नुभएका नेता नेपालले पार्टी सुदृढीकरण र सङ्गठन विस्तारमा अतुलनीय योगदान पुर्‍याउनुभएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । रासस