२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

सीता दृढता, त्याग र संघर्षको प्रतिक हुन् : प्रभु साह

सीता दृढता, त्याग र संघर्षको प्रतिक हुन् : प्रभु साह
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सीता जयन्ती राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् । सीता दृढता, त्याग र संघर्षको प्रतिक भएको बताउदै उनले सीताबाट धेरै कुरा सिक्नुपर्ने बताए ।

काठमाडौंको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा आज (मंगलबार) आजपा निकटको आम महिला मोर्चा काठमाडौं उपत्यका कमिटीको आयोजनामा भएको जानकी जयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुरातनकालमा अन्यायको सिकार भएकी सीता २१औं शताब्दीको आफ्नै भूमिमा समेत अन्यायमा पर्नु दुःखद भएको साहले बताए । नेपाललाई विश्वमै चिनाउने राष्ट्रिय विभुति सीताको जन्मदिनमा सरकारले राष्ट्रिय विदा नदिनु र सरकारी स्तरबाटै कुनै कार्यक्रम नहुनु भनेको लैंगिक विभेद भएको उनले बताए ।

नेपालको राष्ट्रिय विभूती एवं विश्वमै नेपाललाई चिनाउने सीता माताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा राखेर उत्सवका रुपमा मनाउनुपर्ने उनले बताए ।

‘हामीले रामनवमी मनाउछौं, त्यो खुशीको कुरा हो । तर नेपालको राष्ट्रिय विभूती, नेपाललाई विश्वमै चिनाउने सीता माताको जन्मजयन्ती किन नमाउँने । सरकारी क्यालेण्डरमा सीता जयन्ती किन उल्लेख नगरेको म सरकारसंग सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘सीता जयन्ती सरकारी क्यालेण्डरमा राख्नुपर्छ । नेपालभरी भव्यरुपमा हामीले राम जयन्ती मनाउँछौं । राम नवमीमा विदा दिने सरकारले आफ्नै देशको राष्ट्रिय विभूतीलाई विर्सन मिल्दैन् ।’

आजपा अध्यक्ष साहले विगत एक दशक देखी सीता जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको सरकारमा सहभागि साहले सीता जयन्ती सरकारी क्यालेण्डरमै राख्नुपर्ने अडान राखेका थिए । तर त्यतिवेला सरकारले उनको माग सुनुवाई नगरेको उनले बताए । आउने दिनमा सरकारले सरकारी क्यालेण्डरमै सीता जयन्ती राख्नका लागि जनदबाब आवश्यक रहेको उनले बताए ।

‘हाम्रो समाजमा पुरुषहरु आफ्नो योगदानको बारेमा चर्चा गर्छन तर महिलाको योगदानको बारेमा चर्चा हुदैन् । पुरुषको जन्मदिन भव्यरुपमा मनाउँने तर महिलाको जन्मदिन नमनाउने बिषय ठिक होईन्’ साहले भने, ‘सीता माता सहित महिलाहरुले गरेको योगदानको चर्चा हुन आवश्यक छ । देश, समाजका लागि योगदान गर्ने महिलाको पुरष जस्तै सम्मान हुनुपर्छ ।’

महिला मोर्चा वागमती प्रदेशका इन्चार्ज देवकुमारी साहको अध्यक्षतामा भएको सो कार्यक्रममा आजपा सहअध्यक्ष तिलक थापामगर, प्रवक्ता चन्द्रभुषण साह, महिला नेतृहरु रन्जु साह, सिमा जैसवाल ममता साह लगायतकाले माता सीताको बारेमा चर्चा गरेका छन् ।