९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रेशम चौधरी पक्राउ घटनाः नाउपाद्वारा निष्पक्ष छानविनको माग

रेशम चौधरी पक्राउ घटनाः नाउपाद्वारा निष्पक्ष छानविनको माग
अ अ+ अ-

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो माग गर्नुभएको हो ।

लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको उहाँको भनाइ छ । यही वैशाख १७ गते सर्वोच्च अदालतको कर्मचारीले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी करिव पाँच घण्टा डिल्लीबजार कारागारमा राखेको थियो । उक्त पत्र लेख्ने कर्मचारी विष्टलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धान गरिरहेको छ । श्रेष्ठले चौधरीको गिरफ्तारी संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमाथि चोट भएको टिप्पणी गर्दै सरकारले घटनाको गहिरो अध्ययन गर्न र सार्वजनिक रूपमा जवाफ दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारमै छौं तर लोकतन्त्रको मुल लक्ष्य भनेको सत्यको पक्षमा उभिनु हो । प्रश्न गर्नु, प्रतिवाद गर्नु र न्यायको पक्षमा बोल्नु नै लोकतन्त्रको मर्म । आज म सभामुखमार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु–कसरी एक निर्वाचित जनप्रतिनिधि, जननेता कार्यक्रमस्थलबाटै यस्तो तवरले पक्राउ पर्छन् । कसरी व्यक्तिगत रिसिबीलाई कानूनभन्दा माथि राख्छन् । यो घट्नाको गहिरो अध्ययन होस् । किनभने यहाँ केबल एकजनाको गिरफ्तारी होइन । संघीयता, समावेशिता र लोकतन्त्रमाथिको विश्वासमा चोट लागेको छ । वैशाख १७ गते भएको प्रशासनिक मनोमानिको निष्पक्ष छानविन होस् । रेशम चौधरीज्युप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् ।’

नागरिक उन्मुक्ति पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित सहभागी छ ।