३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम
अ+ अ-

सिरहा । सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमश: प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।

सोही अनुसार सोमबार वडा नं २२ का ४० जना गर्भवती तथा सात जना सुत्केरी गरी ४७ जनालाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेशप्रसाद चौधरीले पोषणका सामग्री वितरण गर्नुभयो ।

स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

“सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा पनि समस्या हुने जोखिम रहन्छ । त्यसलाई रोक्न थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरका हौँ”, उहाँले भन्नुभयो, “अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई कार्यक्रममार्फत पोषण सामग्री वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले स्वस्थ्य संस्थामा नियमित जाँच गर्नेको सङ्ख्या बढ्दै गएको नगरपालिकाकी सिनियर अनमी रिता यादवले बताउनुभयो ।

उहाँका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् । कार्यक्रमअन्तर्गत चामल, दाल, नुन, तेल, चना, सोयाविनलगायत पौष्टिक आहार र खाद्यान्न सामग्री वितरण गर्ने गरिएको उहाँको भनाइ छ ।

नगरभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीले बताउनुभयो । पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती तथा सुत्केरीले खुसी भएका उहाँले जानकारी दिनुभयो ।  रासस