२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

मुलुकलाई अस्थिरताको दुष्चक्रबाट मुक्त गर्नुपर्दछ- सूर्य थापा

मुलुकलाई अस्थिरताको दुष्चक्रबाट मुक्त गर्नुपर्दछ- सूर्य थापा
अ अ+ अ-

काठमाडौँ। सांसद सूर्य थापाले नेपाललाई अस्थिरताको ऐतिहासिक दुष्चक्रबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद थापाले राजनीतिक अस्थिरताका रूपमा प्रकट भएको अभ्यासलाई इङ्गित गर्दै अस्थितरताको ऐतिहासिक दुष्चक्रबाट मुक्त गर्नुपर्ने बताउनुभएको हो ।

“नेपालमा छ महिना, सात महिना, नौ महिना वा १०÷११ महिनामा सरकार परिवर्तन हुने, बदलिने खराब बानी लागिरहेको सर्वविदितै छ, विसं २००७ पछि हालसम्म तीनचार वटा सरकारले मात्र साढे तीन वा तीन वर्ष समय काम गर्न पाएका छन्”¬, सांसद थापाले भन्नुभयो, “अन्यथा विसं १८२५ मा काठमाडौँ एकीकरण भएयताको २५७ वर्षमा न भारदारकाल, न राणाकाल न राजतन्त्रकाल न प्रजातन्त्रकाल न लोकतन्त्रकाल न गणतन्त्रकाल कुनैमा पनि स्थिरताको अनुभूति हुने खालको अवस्था रहेन ।”

सांसद थापाले त्यही अनुभव र बानीको छायाँ प्रतिछायाँ आज दैनन्दिन राजनीतिक व्यवहारमा छचल्किने गरेको बताउनुभयो । “विसं २००७ मा प्रजातन्त्र त आयो, आधुनिक नेपाल निर्माणको क्रम सुरु भयो, तर त्यसपछि स्थिरता झन सङ्कटमा प¥यो”, ¬सांसद थापाले भन्नुभयो, “सुरुमा आन्दोलनको नेतृत्व गरेका बीपी कोइराला र मात्रिकाप्रसाद कोइरालाबीचको हानथाप र झगडा लगाएर खेल्दै÷खेलाउँदै अन्ततः २०१७ साल पुस १ को कालो काण्ड रचियो र ३० वर्ष लामो पञ्चायती कालरात्रिमा पनि कुनै स्थिरता भएन ।”

उहाँले तासको पत्ता फेरिएजस्तो सरकार र प्रधानमन्त्रीहरू फेरेको र बितेको ७५ वर्षमा नेपालका कुनै पनि प्रधानमन्त्री र तिनको नेतृत्वका सरकारले पाँच वर्ष पूरा अवधि सरकार चलाउन नपाउनु÷नदिनु एउटा राष्ट्रिय लज्जाको दृष्टान्त भएको अवगत गराउनुभयो ।

सांसद थापाले भन्नुभयो, “स्थिरताको अभावमा दिगो विकास, पद्धति निर्माण र राष्ट्रिय एकताको आवश्यकता सम्बोधन र सुशासन सम्भव हुँदैन÷भएन, यो हामी नेपालीहरूले व्यवहारमा भोगिरहेको कटु यथार्थ हो ।”

देशमा सङ्ख्यात्मक हिसाबले बलियो सरकार रहेको र दुई ठूला पार्टी र अन्य पार्टीहरू मिलेर पालैपालो नेतृत्व गर्ने घोषणाका साथ सरकार बनेर सहमतिमा काम अघि बढिरहेकामा सरकारको नीति तथा कार्यक्रम आइसकेको उल्लेख गर्नुभयो । तर दिनहुँ सरकारविरुद्धका चलखेल जारी रहेको उहाँको भनाइ छ ।

“आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले हरेक दिन मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुनेक्रम जारी छ”, उहाँले भन्नुभयो, “तर सरकार अघि बढिरहेको छ, त्यस्ता वक्तव्य र झुटा बकवासहरू निरर्थक सावित भएका छन्, त्यस्तो बोल्ने नेतृत्वलाई कति वटा जिब्रो भएका र अहोरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर सुनिरहनुपर्ने हो हामी नेपालीहरूले ?”

सांसद थापाले पछिल्लो २० महिनाको शासन आफुहरुले देखेको उल्लेख गर्दै भन्नुभयो, “पाकिस्तानी मोडलको अभ्यास त्यतिखेर नथालिएको होइन, फायल खोल्ने हुँकार गरिएको थियो ? त्यसको हविगत के भएको छ ? नदेखिएको होइन, त्यसको भोगाइ आज भद्र बन्दीगृहमा टोपबहादुर रायमाझी माननीयले भोग्नु पनि भइरहेको छ ।”

उहाँले कुशासनका अनेक रूप त्यसरी प्रकट भएकै देखिएको र सुन तस्करीले सिङ्गो देश ‘पहेलपुर’ भएकै अवस्था रहेको बताउनुभयो । “म के भन्न चाहन्छु भने भर्खरै २५ करोड युरो र डलरसहितको ट्रक पक्राउ भयो, त्यो ट्रक कसको थियो र त्यसमा संलग्न कसका कार्यकर्ता थिए”, सांसद थापाले भन्नुभयो, “त्यो लक्षित छैन र ? थाहा छैन र ? अनि छटपटी कता भइरहेको छ, त्यो पनि जानकारी छैन र ?”

उहाँले लुटपाट र आगजनीबाट मुलुक नबदिने र व्यवस्था बियर चोरेर नबदलिने स्पष्ट पार्दै त्यसरी सपना नदेख्न र निंद्राबाट बिउँझिएर यथार्थलाई आत्मसात् गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कम्तीमा छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस् । रासस